Friday, March 23, 2018

जाल्पा देबि आधारभुत बिद्यालयको बार्षिक उत्सब सम्पन्न




शिक्षाको गुरस्तर बढाउन आफू निरन्तर लाग्ने वडा अध्यक्ष प्रेमबहादुर भन्डारीको भनाइ  ।


भोजपुर नगरपालिका 4 मा अबस्थित जाल्पा देबि प्राथमिक बिद्यालय दावा कात्तिकेको आज 60 औ बार्सिक उत्सब तथा अबिभाबक दिवस  सम्पन्न भएको
छ ।
बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष ज्ञान बहादुर बस्नेत को अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष प्रेमबहादुर भण्डारी प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।  भन्डारीले कार्यक्रम बोल्दै शैक्षिक गुरस्तर बढाउन का लागि आफू अबोरात्र  लागिरहने र कुनै शिक्षकको  कमि कम्जोरी रहे त्यस्तो शिक्षक लाई कार्बाही समेत गरिने बताउनु भयो ।
कार्यक्रमको अबसरमा प्रद्यानाध्यापक गोपिनाथ दाहालले  बिद्यालयका शैक्षिक आर्थिक तथा भौतिक प्रगतिविवरणमा प्रस्तुत गर्दै आए तर्फ २४ लाख १३ हजार २६७ आम्दानी र २४ लाख १८ हजार २६७ बराबरको खर्च प्रस्तुत गर्नु भएको थियोे ।

त्यसै गरि आजै बिद्यालयमा स्थापना अबस्थित १ लाख ७९ हजार ५१८ रुपैया बराबरको अक्षय कोषबाट प्राप्त ब्याज 29 हजार ४ सय बराबरको रकम बिद्यालयमा अद्य्यनरत  उत्कृष्ट  बिद्यार्थीलाई बितरण गरिएको थियोे । त्यसै गरि कार्यक्रमका बिचमा  भोजपुर नगरपालिका ३ निवासी भक्तबहादुर खड्काले स्वर्गीय सुबेदार धनबहादुर खड्काको नाममा  ५ हजार ५ रुपैया बराबरको रकम समेत हस्तान्तरण गर्नु भएको थियोे । कार्यक्रममा अभिभावक शिक्षक बिद्यार्थी समाजसेवी बुद्दिजिबी लगाएत 2 सय भन्दा माथिको उपस्थिति रहेको थियोे  ।https://bhupendrapoudel.blogspot.com😛😛

No comments:

Post a Comment