Friday, March 2, 2018

सिद्देश्वर बाल संजाल द्वारा हाजिरी जबाफ सम्पन्न

सिद्देश्वर बाल संजाल दावाले आज प्रा बि स्तरीय हाजिरी जबाफ जाल्पा देबि प्रा बि दावा कात्तिके मा सम्पन्न गरेको छ ।
बाल संजाल दावाको मुख्य आयोजना तथा प्रगतिशील मिडिया ग्रुप नेपाल को सह आयोजनामा भएको उक्त कार्यक्रम बाल संजालका अध्यक्ष धर्मराज बुढाथोकी त्यसै गरि प्रमुख अतिथी भोजपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारी रहनु भएको थियोे । साथै हाजिरी जबाफ सङै प्रा बि स्तरमा मा अध्यनरत विद्यार्थीहरु बिच नृत्य प्रतियोगिता समेत रहेको थियो ।
त्यसैगरि हाजिरीजबाफ प्रतियोगितामा जाल्पादेबी प्राथमिक बिद्यालय समूह (क )प्रथम जाल्पादेबी प्राथमिक बिद्यालय बाटै समूह (ख )दोस्रो र सिदेश्वर माध्यमिक बिद्यालय अन्तरगत तेस्रो भएका छ्न । त्यसै गरि नृत्य तर्फबाट सिद्देश्वर बाट प्रथम र जाल्पादेबी प्रा.बि बाट दोस्रो हुने विद्यार्थीलाई शैक्षिक सामाग्री तथा बिद्यालय लाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रम मा विद्यार्थी शिक्षक अभिभावक तथा स्थानीय समाजसेवीको बाक्लो उपस्थिति रहेको थियोे

No comments:

Post a Comment