महालक्ष्मी नगरपालीका 1 , ९ चैत । प्रगतिशील मिडिया ग्रुप नेपालको प्रथम अधिबेशन यहि चैत २५ गते बिधोदय मा बि भोजपुरमा हुने भएको छ । पछिल्लो समय भोजपुर मा विभिन्न सामाजिक काम गरिरहेको मिडिया ग्रुपले पुस 14 गते आधिकारिक दर्ता भएपछि थप काम गर्न सहज भएको छ । कला साहित्य मनोरञ्जन तर्फ अघि बढिरेको यो मिडिया ग्रुपले यो पल्ट भने भोजपुर आइडल प्रथम जितेन राई र उत्कृष्ट स्वर दिपक साक्यलाइ सम्मान पनि गर्ने निर्नय गरेको छ ।
दैनिक डेढ रुपैया बचत को माद्यम बाट बिकास निर्माण लाई टेवा तथा सामाजिक काममा अघि बड्दै गर्दा यो भन्दा अघाडी गरिब तथा अपांग बालिका लक्ष्मि तामाङ लाई उपचार खर्च स्वरुप 20 हजार हस्तान्तरण गरिसकेको छ ।
अहिले ती अपांग बालिका अपांग अस्पताल बनेपाको सल्लाह अनुसार घरैमा आराम गरिरहेकी सस्थाकी अध्यक्ष दिलकुमारी प्रधान ले जानकारी दिनु भयो ।
सबैले हेला गरिएको पैसा र त्यो जुन फजुल खर्छ बाट बचाएको पैसानै सामाजिक कामका लागि खर्छ गर्दै आइरहेको छ । यश काममा सबैले हातेमालो गरे देसमा रहेका गरिब तथा अपांग बालबालिका र नबप्रतिभा लाई सम्मान हुने र देशलाई पनि आर्थिक उन्नतिका साथै बिकास निर्माणका लागि टेवा पुग्ने बताउँछन् सचिब गणेश खड्का
