ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नकआउट चरणमा लगभग स्थान सुरक्षित गरेको छ । यहि खेलमा उसले तीन वटा रेकर्ड समेत बनाएको छ ।
जारी विश्वकपमा यो खेल सबैभन्दा बढि गोल गर्ने टिम, बढि गोल गर्ने खेलाडी र बढि गोल भएको खेलको रेकर्ड बनेको छ । यस अघि स्पेन र पोर्चुगलको खेलमा ६ गोल भएको थियो । सर्वाधिक गोलकर्ताको सुचिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका थिए ।
तर यो खेलमा २ गोल गरेका बेल्जियमका रोमेलु लुकाकुले रोनाल्डोको रेकर्डसँग बराबरी गरे । यस्तै सबैभन्दा बढि गोल गर्ने टिम रुस रहेको थियो । रुसले दुई खेलमा ८ गोल गरेको थियो ।
बेल्जियमले पनि समान खेलमा ८ गोल गर्दै बराबरी गरेको छ । यसअघिका तीन वटै रेकर्डसँग यो खेलमा बराबरी भएको हो । विश्वकपमा चार वर्षअघि भएको संस्करणको सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७-१ गोलले हराएयता एकै खेलमा सबैभन्दा बढी खेल भएको हो।

No comments:
Post a Comment