Saturday, May 26, 2018

च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडलाई, लिभरपुल निराश 

च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ । शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो ।

रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । सादियो मानेले एक गोल फर्काए पनि लिभरपुललाई खेलमा फर्काउन पर्याप्त भएन ।

हाफ टाइम निराशामा बितेको अवस्थामा ५१ औं मिनेटमा बेन्जेमाले गोलको खडेरीको डेडलक तोडेका थिए । त्यसको ४ मिनेटमै मानेले बराबरी गरे ।

तर ६४ औं र ८३ औं मिनेटमा बेलले गोल गरे । गोलकिपर लोरिस कारिउसले गरेका दुई ठूला गल्तीकै कारण रियालले शानसंग उपाधि उचाल्न पायो ।

बेलको ओभरहेड किक हेर्न लायक थियो । यो सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन्

No comments:

Post a Comment