Wednesday, August 1, 2018

१२ प्रेरणादायी भनाइ; जसले तपाई को जीबन बदल्न सक्छ…!!

१२ प्रेरणादायी भनाइ; जसले तपाई को जीबन बदल्न सक्छ…!!
१.विना साहस तिमीले यो संसारमा केही गर्नसक्दैनौ । यो जीवनको महानतम गुण हो ।
–अरस्तु
२. महान सोच भएका व्यक्ति हरु ज्ञानबिज्ञान का कुरा गर्छन, मध्यम सोच भएका व्यक्ति हरु बिषय बस्तु का कुरा गर्छन , निच सोच भएका व्यक्ति हरु अर्काका कुरा गर्छन
३. जुन दिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ ।
– ओ.जे. सिम्पसन

४. कोशिश नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुदैन ।
– पब्लिलिएस साइरस

५. बाधा जति ठुलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ । सक्षम जहाज चालक भयानक तुफानमा नै क्षमता विकास गर्छ ।
– एपिक्युरस

६. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन

७. भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् ।
– मदर टेरेसा

८. हामी मध्य हरेरकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन ।
– रोबर्ट कियोसाकी

९. अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ ।
– अर्नेष्ट हेमिंग्वे

१०. जुन कुरा मुटु देखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ ।
– स्यामुएल टेलर कलरीज

११. दुनियाँको समस्या यो हो कि मुर्खहरुमा गजवको आत्मविश्वास हुन्छ र बुद्धिमान व्यक्ती शंकाले भरिएको हुन्छ ।
– बर्ट्रेन्ड रसेल

१२. जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन ।
– चार्ल्स डार्विन


सकारात्मक कुरा शेयर गर्नु प्रतिष्ठाको कुरा हो, यसैले शेयर गर्न नभुल्नुहोला । – माथिको मध्य कति नं. को भनाइ तपाईंलाई विषेश लाग्यो कमेन्ट पनि गर्नुहोला ।

No comments:

Post a Comment