Saturday, May 26, 2018

च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडलाई, लिभरपुल निराश 

च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ । शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो ।

रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । सादियो मानेले एक गोल फर्काए पनि लिभरपुललाई खेलमा फर्काउन पर्याप्त भएन ।

हाफ टाइम निराशामा बितेको अवस्थामा ५१ औं मिनेटमा बेन्जेमाले गोलको खडेरीको डेडलक तोडेका थिए । त्यसको ४ मिनेटमै मानेले बराबरी गरे ।

तर ६४ औं र ८३ औं मिनेटमा बेलले गोल गरे । गोलकिपर लोरिस कारिउसले गरेका दुई ठूला गल्तीकै कारण रियालले शानसंग उपाधि उचाल्न पायो ।

बेलको ओभरहेड किक हेर्न लायक थियो । यो सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन्

विश्वकप दर्शन नियमावली (संशोधित), २०७५

         विश्वकप दर्शन नियमावली (संशोधित), २०७५

अब केही दिनपछि (१४ जुन, ३१ जेठ) विश्वकप फुटबल रसियामा हुँदैछ। अघिल्लो पटक विश्वकप हुँदा हामीले विश्वकप दर्शन नियमावली, २०७१ यही माइसंसारमा राखेका थियौँ। यो वर्षका लागि त्यसैलाई संशोधन गरी पारित गरिएको छ। संसदमा बजेट अधिवेशन चलिरहेको हुनाले र माननीयहरु बजेटमै धेरै व्यस्त हुनुपर्ने हुनाले दर्शकहरुको सर्वसम्मतिमा विशेष व्यवस्था गरी यो नियमावली पारित गरिएको छ।

प्रस्तावना
लात्तेभकुन्डो (फुटबल) खेलको सम्पूर्ण खेल प्रकृया र नियमबारे थोरैलाई थाहा भए पनि विश्वस्तरका खेल समीक्षक हुँ झैँ गरी विद्वता छाँट्नेहरुका कारण समय समयमा विवाद आइराख्ने भएको कारण विश्वकप खेल दर्शनलाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले नियमावलीको अभावमा सँधै किचलो हुन नदिन संसदमा रहेका र नरहेका सबै दलको सहमतिमा नियमको तर्जुमा गरिएको छ।

परिच्छेद-१
१. संक्षिप्त नाम र प्रारम्भः
(क) यो नियमावलीको नाम “विश्वकप दर्शन नियमावली, २०७५” रहेको छ ।
(ख) यो नियमावली विश्वकप फुटबलप्रति रुचि राख्ने दर्शक र उनीहरुको परिवारको हकमा मात्र लागू हुनेछ ।
(ग) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा:
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:
(क) “विश्वकप” भन्नाले हरेक चार-चार वर्षमा स्विट्जरल्यान्डमा मुख्यालय भएको फिफा नामको खेलसम्बन्धी आइएनजिओले आयोजना गर्ने लात्तेभकुन्डो (यसपछि फुटबल भनिएको) प्रतियोगिता सम्झनु पर्दछ ।

(ख) “फुटबल” भन्नाले आयातकार चौडा मैदानमा एउटा बल फालेर ११ जनाको दुई टिमले त्यसैलाई छिनाझपटी गर्दै खेल्ने खेल सम्झिनु पर्दछ।

(ग) “रेफ्री” भन्नाले खण्ड (ख) अनुसारको खेललाई नियमभित्र रही मर्यादित बनाउन व्यवस्था गरिएको मैदानभित्र खेलाडीसँगै दायाँबायाँ दौड्ने तर बल छुन नपाउने मनुवा बुझ्नु पर्छ। मनुवा सिद्धान्ततः तटस्थ हुनुपर्ने भए पनि पौराणिक ग्रन्थमा देउतासमेत तटस्थ नहुने देखिएकोले कहिलेकाहीँ कसैको पक्ष लिएको जस्तो देखिए पनि त्यसलाई अन्यथा नलिई उसले गरेको निर्णयलाई नै सर्वोपरी ठान्नुपर्दछ।

(घ) “सहायक रेफ्री” भन्नाले खण्ड (ग) अनुसारको व्यक्तिको सहयोगका लागि व्यवस्था गरिएको मैदानभित्र नभई बाहिरतिरबाट झण्डा लिएर दायाँबायाँ दौडिरहने मनुवा सम्झनु पर्दछ।

(ङ) “गोल” भन्नाले मैदानमा रहेको गोलो भागमा बल राख्नु नभई मैदानको छेउमा लामखुट्टे पस्न नदिन राखिएको

Sunday, May 6, 2018

महान व्यक्तिहरुका केही महान भनाईहरु

सफलताको सम्बन्ध कामसित हुन्छ र सफल मानिसहरु सधै नै गतिशिल हुन्छन् । उनीहरुले गल्तीहरु गर्लान् तर कहिल्यै मैदान छोड्दैनन् ।
–कोनरैड हिल्टन

मेरो शक्ति दशजना व्य्िरक्तको भन्दा बढी छ किनकि ममा आत्मविश्वास छ ,मेरो हृदय पवित्र छ ।
–टेनिस

मान्छे र स्वार्थ अज्ञातका पुत्र हुन् त्यसैले अज्ञानी मान्छे नै दुष्ट र डरपोक हुन्छन् ।
–माहात्मा गान्धी

कुनै पनि मानिसको इज्जतलाई धनले नाप्नु हुँदैन ।
–जेबेइल

तुच्छ वस्तुबाट पनि स्वर्ण(सुन) निस्कन्छ भने निकाल्नुपर्छ ।
–मनुस्मृति

चाँदनी–जुनेली रातमा सुत्यो ,उसले पहेंलो घामको आनन्द लियो । केही गर्ने तयारीमा जीवन विताएर,केही नगरिकन गयो–हार खाएर ।
–जेम्स अलबरी

जुन काम तपाई आज गर्ने तयारीमा हुनुहुन्छ,त्यसलाई कहिल्यै पनि भोलिको निमित्त नराख्नुस् ।
–वेञ्जामिन फ्रेंकलिन

मानिसहरु सूचनालाई रट्ने तरिकालाई नै गल्तीले शिक्षा सम्झिन्छन्,विना मूल्यको दिमागी शिक्षाले समाजको निमित्त आपत्ति सृजना गर्छ ।
–स्टीवन मुलर

इमान्दार पवित्र हृदय हुनेले कसैको निन्दा र आलोचनाबाट डराउनु पर्दैन ।
–शेक्सपियर

विश्वविद्यालयबाट, धेरै युवकहरु डिग्री हासिल गरेर सक्षम बनेका छन् तर पनि हामीले उनीहरुलाई नैतिकताको कुनै विशेष आधार भने दिन सकेका छैनौैं,जुन कुराको खोजी उनीहरुले गरिरहेका छन् ।
–स्टीवन मुलर