प्रगतिशील मिडिया ग्रुप नेपाल ले भोजपुर को उत्तरी क्षेत्र र उत्तरी छिमेकी जिल्ला संखुवासभा मा आफ्नो कार्यक्षेत्र थप गरेको छ ।
कला साहित्य संगीत र समाज सेवा मा केन्द्रित रहेर काम गर्दै आएको यो सस्थाले अहिले सम्म भोजपुर आसपास मा मात्रै काम गर्दै आइरहेको थियोे । भोजपुर जिल्लामा दर्ता भै काम गर्दै आएको प्रगतिशील मिडिया ग्रुप नेपाल ले अब भने संखुवासभा मा पनि जिल्ला प्रतिनिधि नेत्र बस्नेत को नेतृत्व मा काम गर्ने पनि सस्थाकि अध्यक्ष( मुना) दिलकुमारी प्रधान ले जानकारी दिनुभयो । संखुवासभा जिल्ला धेरै वटा ग्रुप रहे पनि भोलिको दिनमा प्रगतिशील मिडिया ले उदाहरण जन्य काम गर्न सक्ने बताउनु हुन्छ ग्रुप कि सदस्य पबित्रा कटुवाल । सस्थाले हाल सम्म दिङ्लाको अरुण माद्यामिक बिद्यालय र जिल्ला समन्वय समितिको को सभाहल भोजपुर मा साहित्य बिधा अन्तर्गत सिर्जना बाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै समाज परिबर्तन लाई टेवा पुर्याउने उदेश्य का साथ रेडियो भोजपुर 93.8 मेगाहर्ज बाट प्रत्येक आइतबार बिहान 8 बजे देखि ९ बजे सम्म जिल्ला र देश भित्रका समसामयिक विषय बस्तु मा छलफल समेत गर्दै तातो प्रतिक्रिया मा गर्दै आइरहेको छ।
सस्थामा प्रवेश गरि सके पछी दैनिक डेढ रुपैयाँ अनिवार्य बचत गर्नुपर्ने र पछी सदस्य बाट निस्कन चाहे बचत भएको रकम फिर्ता हुने पनि सस्थाका कोषाध्यक्ष गिरेन्द्र प्रधान ले जानकारी दिनुभयो । सस्थाले अहिले भोजपुर नगरपालिका ३ गुप्तेस्वर स्थित दावाकी ४ बर्षय लक्ष्मी तामाङ को उपचार खर्च समेत जुटाइ रहेको र अबको केही दिन भित्र उठेको रकम लक्ष्मी तामाङ को परिवार लाई हस्तान्तरण गर्ने तयारी भै रहेको सचीव गणेश खड्काले जानकारी दिनुभयो । लक्ष्मी को अहिले दाहिने पट्टी को दुबै हात र खुट्टा पुर्ण रुपले चल्दैन । साथै सस्थाले सहयोगका लागि सम्पुर्ण सहयोगि मन हरुमा अपील समेत गरेको छ । त्यस्तै अर्कोतिर यसै प्रगतिशील मिडिया ग्रुपले अब को दिनमा धनकुटा मा पनि कार्यछेत्र बनाइनु पर्ने आफ्नो माग रहेको बताउँछन् सम्योजक भुपेन्द्र पौडेल । ग्रुपले आगामी दिनमा जनचेतना मुलुक कार्यक्रम गर्दै जाने पनि जानकारी दिएको छ।

राम्रो काम
ReplyDelete